रवी लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उनका सहोदर दाई सञ्चारकर्मी हरिशरण लामिछाने असन्तुष्ट व्यक्त गरेका छन् ।
पार्टी र राजनीतिक यात्रा घोषणाको क्रममा स्वतन्त्र पार्टीमा परिवारवाद नलाद्ने रवीको घोषणाप्रति हरिशरणले विशेष असन्तुष्ट देखिएका हुन् ।
उनले पार्टीमा परिवारवाद हटाउने घोषणा राम्रो भए पनि आफूलाई रोचक लागेको भन्दै टिप्पणी गरे।
साथै आफू परिवारको नाताको हिसाबले उक्त पार्टीमा कहिल्यै आवद्ध नहुने र राजनीतिक हिसावले उक्त पार्टीमा कहिल्यै नरहने उनले घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘नया पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई बधाई । पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुरा – कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु। ’
त्यसैगरी उनले आफूसँग दलगत र स्वतन्त्रको हैसियतमा धेरै सम्भावनाहरु रहेको बताउँदै आफू स्वतन्त्र नागरिकको हैसियतमा काम गर्ने समेत बताएका छन् ।
नेपाली सञ्चार जगतमा चर्चा कमाएका रवीले केही दिन अघि सञ्चारकर्म छोडेर राजनीतिमा आउने निर्णय गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७