आज दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल हेरफेरका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
बैठकमा नेपली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शिर्ष नेताहरुलाई सहभागी हुन भनिएको छ ।
यसअघि नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने प्रतिकृया दिएका थिए । त्यसपछि नेकपा एकीकृत समाजवादी पनि आफ्नो निर्णयबाट पछि हटेको थियो ।
हाल संसदबाट बजेट पनि पारित भइसकेको छ । यो सँगै प्रधानमन्त्री देउवा मन्त्रिमण्डल हेरफेरका लागि तयार भएका हुन् । आजको बैठकपछि सत्तासीन सबै दलहरुले नयाँ मन्त्री पठाउने तयारी तयारी गरिरहेको बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३