लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए ।
वलीले राजीनामा बुझाएको र अब मन्त्रिपरिषद्को सल्लाहमा मुख्यमन्त्रीले त्यसलाई स्वीकृत गर्ने उनले बताए ।
जेठ ३१ मा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले वलीलाई पक्राउ गरेको थियो । यसपछि सरकारले छानबिन गर्न समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन पार्टीको सल्लाहकार उनले राजीनामा दिएको प्रमुख सचेतक घर्तीले बताए ।
उनका पति प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मो उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । यद्यपी पार्टी विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । गत साउनमा माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३