राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको स्वरुप फेर्नुपर्ने बताएका छन् ।
थापाले प्रदेश सरकार खारेजी र स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउनुपर्ने बताए । ‘वर्तमान अवस्थाको संघीयता ठीक छैन’, वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग शुक्रबार थापाले भने, ‘प्रदेश संरचना खर्चिलो भयो ।’
यसको औचित्य पनि छैन । उनले मुलुकमा तीन तहको नभई दुई तहको संघीयता जरुरी रहेको बताए । उनले बाह्य शक्तिको प्रभावमा मुलुकमा जबर्जस्ती संघीयता थोपरिएको दाबी गरे ।
फरक प्रसंगमा उनले संसारमा सबैभन्दा बढी धर्म परिवर्तन हुने मुलुकमा नेपाल रहेको बताए । धर्म परिवर्तनको लहरले हिन्दू धर्ममा आगो लागेको उनको भनाइ थियो । नेपालमा राजतन्त्र पुनस्र्थापनाको सम्भावना भने नरहेको उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३