काठमाडौं महानगरपालिका २७ वडा कार्यालयबाट आयोजित कार्यक्रममा आआफ्नो क्षेत्रमा योगदान पुर्याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । २७ वडा मा जन्म भै समाज सेवा ,कला साहित्य , प्रशासन, स्वास्थ्य, शिक्षा, बैकिंङ , नेपाली सेना र कानुनी क्षेत्रमा रहि राष्ट्र र वडाको नाम उच्च राख्न्न सफल हुनु भएका सबै को योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी वडाध्यक्ष योगेश कुमार खड्गीले हरप्रहरलाई जानकारी दिए।
वडाध्यक्षको सभापतिमा भएको उक्त कार्यक्रममा मुख्य अथितिको रुपमा पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानले दोसल्ला ओढाउँदै सम्मान पत्र हस्तान्तरण गरे भने पूर्व वडाध्यक्षहरु चिनिया मान बज्राचार्य, बिजय नारायन मानन्धर र नारायन कृष्ण श्रेष्ठले माला लगाइदिएका थिए । कार्यक्रममा मयर बलेद्र शाहको सुभकामना सदेश पनि बाचन गरिएको थियो जसमा यस किसिमका कार्यक्रमबाट आफु हर्सित भएको उल्लेख थियो।
सोही कार्यक्रममा अन्नपूर्ण फुटबल क्लबलाई वडाले जर्सिको साथमा खेल सामग्रीसहितको सहयोग पनि हस्तान्तरण गरिएको थियो । काठमाडौं महानगरपालिका वडा २७ का वडाध्यक्ष योगेश कुमार खड्गीले अग्रजको सम्मान गर्दै बिगतका राम्रा र वडा वडाको विकासको लागि हुने सबै काम लाई निरन्तर दिने र सबैको सल्लाह सुझाव अनुसार सबैलाई समेटेर अघि बढ्ने खड्गीको भनाई थियो ।
समानित व्यक्तिहरु
१ बासुदेव प्रधान – नेपाल सरकारको पूर्व कायम मूकायम स्वास्थ्य सचिब
२ डा. हेरम्ब बहादुर राजभण्डारी – नेपाल सरकारको निजामति सेवा पूर्व कृषि सचिब
३ श्री रञ्जन लाकौल – नेपाल सरकारको निजामति सेवा सचिब
४ डा विजय लाल श्रेष्ठ – स्वास्थ्य विरअस्पताल बरिष्ट चिकित्स
५ डा ईश्वर नाथ श्रेष्ठ – स्वास्थ्य विरअस्पताल बरिष्ट चिकित्स
६ डा मणिक रत्न बज्राचार्य -स्वास्थ्य विरअस्पताल बरिष्ट चिकित्स
७ द्वारिका प्रसाद श्रेष्ठ-अन्नपूर्ण मा.वी संस्थापक प्रधानाध्यापक
८ नाति काजी महर्जन – प्रभात माध्यमिक विधालय भूतपूर्व प्रधानाध्यापक
९ चन्द्रप्रकाश राजभण्डारी -अन्नपूर्ण माध्यमिक विधालयको वर्तमान प्रधानाध्यापक
१० कृष्ण बहादुर मानन्धर – नेपाल राष्ट्र बैंकको भूतपूर्व कायम मूकायम गभर्नर
११ प्रकाश राज थापा – नेपाली सेनाको वर्तमान सहायक रथी
१२ लाभ रत्न तुलाधर -नेपाल भाषाको कवि
१३ नारायण देवी श्रेष्ठ – नेपाल महिला संघको संस्थापक दुज
१४ डा भाजु रजित भक्त प्रधानाङ्ग- वरिष्ठ अधिवक्ता
१५ प्रो शिला प्रधानाङ्ग राजभण्डारी- पब्लिक यूथ क्याम्पसको भूतपूूर्व क्याम्पस प्रमुख
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३