युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७, महादेवफाँट घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो । लामाले विभिन्न अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोले जनाएको छ ।
लामालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३