माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकाले नेपाललाई सैन्य गठबन्धनमा सामेल गराउन चाहिरहेको बताएका छन् ।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा गुरुङले एसपीपी सम्झौता नेपालले खारेज गरेसँगै अमेरिकाले फेरि सोही प्रकृतिको सम्झौताका लागि मस्यौदा तयार गरेको दाबी गरे ।
‘एसपीपी अस्वीकार गरेपछि पनि अमेरिकाले नेपाललाई सैन्य गठबन्धनमा सहभागी गराउन चाहिरहेको छ’, गुरुङले भने, ‘एसपीपीमै भएका प्रावधान राखेर अमेरिकाले अर्को सम्झौताको ड्राफ्ट गरिरहेको भन्ने कुरा आएको छ ।’
उनले आफ्नो पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले मन्त्रिपरिषदको निर्णयअनुसार एसपीपी रद्द गरिएको सम्बन्धी पत्र अमेरिकालाई पठाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताए ।
गुरुङको एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बुँदे संकल्प प्रस्तावबारे अमेरिका अझैसम्म मौन बस्नुलाई आश्चर्यका रुपमा लिनुपर्ने उल्लेख गरे ।
‘एमसीसी पास गर्ने बेला १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको थियो’, उनले भने, ‘तर अमेरिकाले अहिलेसम्म त्यसको कुनै जवाफ दिएको छैन ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३