प्रतिनिधिसभाले उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरको सुरक्षा संघीय प्रहरीले हेर्ने गरी सरकारले पेश गरेको प्रतिस्धापन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयकमा उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको हुने उल्लेख छ ।
यद्यपि प्रदेश र संघीय प्रहरीबीच समन्वय भने हुनुपर्ने छ । सरकारले तीन जिल्लाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्ने व्यवस्थासहितको विधेयक पेश गरेको थियो ।
तर, बैठकले कार्यसम्पादनका क्रममा प्रदेश प्रहरीसँग समन्वय गर्ने भन्ने थपेको छ । केपी ओली नेतृत्वकै सरकारले उक्त अध्ययादेश ल्याएको थियो । वर्तमान गठबन्धन सरकारले पनि सोही अध्यादेशलाई निरन्तरता दिएको हो ।
पारित विधेयकबारे अब राष्ट्रियसभामा छलफलका लागि जानेछ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएर प्रतिनिधिसभाले स्वीकार गरेपछि राष्ट्रपतिले प्रमाणित गर्ने व्यवस्था छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३