विश्व बजार मै इन्धनको मूल्य बृद्धि हुने क्रम बढे सँगै उपभोक्ताहरुले वैकल्पिक उर्जाबाट चल्ने उपकरणहरु प्रयोग गर्न थालेका छन् । निकट भविष्यमै इन्धनको अभाव हुने अनुमान सँगै धेरै जसो राष्ट्रहरुले विद्युतिय उपकरणहरुलाई प्राथमिकता दिन थालेको छ । अझ कति राष्ट्रले सन् २०३० भित्र आफ्नो देशलाई इन्धन मुक्त बनाई विद्युतमै निर्भर हुने उद्धघोस गरिसकेको छ । विकसीत राष्ट्रले सो घोषणा गरि रहँदा नेपालमा पनि उपभोक्ताहरु माझ विद्युतिय उपकरण प्रयोग बढ्न थालेको छ । सोही कुरालाई मध्य नजर गर्दै र नेपालमा पनि इन्धनको विकल्पको रुपमा विद्युतीय उपकरण नै प्रयोग गर्नुपर्छ भन्ने उद्धेश्य सहित इको बिज इन्टरनेशनलले याडिया ब्राण्डका विद्युत्तिय स्कूटरको आधिकारिक बिक्री वितरण सूरु गरेको छ ।
गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुर महानगरपालिका वडा नं ९ का वडाध्यक्ष राजु महर्जन र वडा नं २० का वडाध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यतामा शोरुमको उद्धघाटन गरिएको थियो । ललितपुर महानगरपालिका वडा नं २०, नःटोल स्थित शोरुममा याडिया ब्राण्डका एस लाइक, जि फाइभ र सि वान एस गरि जम्मा तीनवटा मोडल बिक्रि सुरु गरेको छ ।
शोरुम उद्धघाटनको अवसर पारेर इको बिज इन्टरनेशनल प्रा. लिले एक्सचेन्ज अफर पनि राखेको छ भने निकट भविष्यमै सर्भिसिङ सेन्टर स्थापन गरि सर्भिसिङ सेवा पनि प्रदान गरिने बताइएको छ ।
इन्धनको मूल्य आकासिय सँगै धेरै जसो ग्राहकको रोजाईमा ई स्कुटर पर्ने गरेको र उच्च सुविधा सहितको उत्कृष्ट स्कुटर ग्राहकहरुलाई प्रदान गर्न सकियो भने याडिया ब्राण्डका स्कुटर विक्री वितरण गर्न सुरु गरेको इको बिज इन्टरनेशनल प्रा. लिका अध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।
सोहि समूहले यसै स्थानमा कम्प्यूटर, ल्यापटप लगायत सूचना प्रविधिका सम्पूर्ण सामग्रीहरु बिक्रि, मर्मत तथा सेवा प्रदान गर्ने उद्देश्य सहित एलायन्स इन्फोटेक प्रा.लि. नामक शोरुम र सर्भिस सेन्टर पनि संचालनमा ल्याएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३