जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताएका छन् । आफू पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै भट्टराईले विचार संगठन जोगाएर ल्याएकाले वैधानिक बैठक समेत आफ्नो भएको बताए ।
‘जसपा वैकल्पिक शक्ति भनेर निर्माण गरेको पार्टी हो । यो पार्टीलाई बचाउँदै यहाँसम्म ल्याउने मूल पङ्क्ति हामीसँग छ । यो बैठकमा कति सङ्ख्या छ भन्ने निरूपण हुँदै जाला । मलाई लाग्छ सङ्ख्याको बहुमत पनि हामीसँगै छ’ भट्टराईले भने, ‘वैचारिक हिसाबले मूल मर्म हो । सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद मूल आधार तत्त्व हुन । जसको परिभाषा हामीले नै गरेका थियौ । यो पार्टी स्थापना गराउने यो पार्टीलाई फुटबाट जोगाएर यहाँसम्म ल्याउने यहाँ छौ ।’ यदि कसैले आफूले राखेको बैठक अवैधानिक भन्छ भने इतिहासलाई बङ्ग्याउने र झुटो बोल्ने काम हुने भट्टराईले बताए । ‘यदि कसैले यो बैठकलाई अवैध छ भन्छ भने तिनले जस्तो इतिहासलाई बङ्ग्याउने काम झुट बोल्ने काम कसैले गर्ने छैन ’ भट्टराईले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३