जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक निर्वाचनको समिक्षा, संघीय तथा प्रदेश सभा निर्वाचनको तयारी, पार्टी अनुशासन उल्लंघन गरेका डा. बाबुराम भट्टराई लगायत नौ जना नेताहरूलाई पदीय जिम्मेवारीबाट हटाउने, केन्द्रीय समितिमा ३३ प्रतिशत महिला समावेश गर्ने लगायत दशवटा कार्यसूचीमा छलफल गरी सम्पन्न भएको छ । यस बैठकमा पार्टीभित्र वैचारिक नेताको रूपमा छवी बनाएका संघीय मामिला मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको भूमिकाले विशेष चर्चा पाएको छ ।
केही समय अगाडी डा. बाबुराम भट्टराईले अशोक राईलाई उपयोग गरी पार्टी कब्जा गर्ने योजना बनाउँदा त्यसलाई असफल पार्न श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस समय डा. भट्टराईको योजना बुझ्न नसकेका केही व्यक्तिहरूले श्रेष्ठको विरोध समेत गरेका थिए । डा. भट्टराईको योजना विभिन्न बहानामा पार्टी आफ्नो हातमा पार्नु थियो । त्यसलाई असफल पारी उपेन्द्र यादव र अशोक राईबिचको दूरी मेटाउन उनले महत्त्वपूर्ण भूमिका मात्र खेलेनन्, अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन पर्दा पछाडिबाट भूमिका समेत खेले ।
वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकमा संघीय परिषद अध्यक्षको रूपमा डा. भट्टराईको भूमिकाले तर्सिएका अधिकांश केन्द्रीय सदस्यहरूले संघीय परिषद पार्टीभित्रको अर्को शक्ति केन्द्र बनाउने षडयन्त्र भएकोले त्यसलाई खारेज गर्नुपर्ने कुरा उठ्दा श्रेष्ठले मञ्चमा उभिएर उक्त परिषद खारेज गर्न नहुने कुरा राखे । लगतै उपेन्द्र यादवले अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन प्रस्ताव गरे र सिंगो हलले समर्थन गरे । यसरी अशोक राई संघीय परिषदको अध्यक्ष बने ।
डा. भट्टरईले अशोक राईलाई उपयोग गर्न खोजे, राजेन्द्र श्रेष्ठले संघीय परिषदकै अध्यक्ष बनाउन भूमिका खेले । पार्टीका एक वैचारिक आर्किटेक्टको रूपमा चिनिएका उनले केन्द्रीय समितिको वीरगञ्ज बैठकमा संगठनात्मक दृष्टीले कूशल व्यवस्थापकको रूपमा पनि चर्चा पाए । यस वीरगञ्ज बैठकलाइ जसपाले सफलताको एउटा महत्त्वपूर्ण कडी हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३