गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले पार्टी केन्द्रीय समिति बैठकमा शनिबार सरकारले हतियार किन्न लागेको भन्ने चर्चा गलत भएको बताए ।
बैठकमा सदस्यहरुले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेका बेला नेपाल प्रहरीका लागि हतियार किन्न ८४ करोड रुपैयाँ रकमान्तर गरिएको भन्दै आपत्ति जनाएपछि खाँणले प्रष्टीकरण दिएका हुन् । ‘हतियार किन्ने सरकारको कुनै योजना छैन’, खाणँले भने, हतियार किन्न पैसा पनि छैन ।’
प्रतिनिधिसभाका विभिन्न समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुअघि ८४ करोड हतियार किन्न विनियोजन गरेको विषयमा अर्थ मन्त्रालयसँग प्रष्टीकरण सोधेका छन् । जवाफमा अर्थले खरिद प्रक्रिया विवादमा परेकाले तत्काल निकासा नदिने बताइसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७