काठमाडौंमा आजदेखि १८ वर्षमाथिका उमेर समूहका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोपको बुस्टर डोज दिइँदैछ।
काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिडविरुद्धको कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । आजदेखि साउन ६ गतेसम्म बुस्टर डोज दिइनेछ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ। पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित खोप लगाउन जान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।
दोस्रो डोज खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ। ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन नहुने चिकित्सकहरुको सुझाव छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७