एमाले अध्यक्ष केपी ओलीले अब नेपालीको चुल्होमा ग्यासको पाइप लैजानु नपर्ने बताएका छन् ।
पार्टीको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बुधबार ओलीले ग्यास पाएप चुल्होमा लैजानु नपर्ने बताएका हुन् । बिजुलीको तारबाटै भान्छामा खाना पकाउन सकिने भएकाले अब ग्यास पाइपको काम नभएको तर्क उनले गरे ।
‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्दैन’, ओलीले भने, ‘अब बिजुलीको तार पु¥याइन्छ ।’ ओलीले चुल्होमा ग्यास पाइप लाने आफ्नो विगतको घोषणालाई विरोधीले उडाएको पनि स्मरण गरे । पानी पाइपमा लान सकिने भएपछि ग्यास चाहिं किन सकिँदैन भन्ने उनको प्रश्न थियो ।
‘चुल्होमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै पुर्याइन्छ ।’
ओलीले चुल्होमा पाइपबाट ग्यास लाने नभई आफूले भारतबाट इन्धन ल्याउन पाइपलाइन बनाएको दाबी उनले गरे । नेकपाको दुई तिहाइको प्रधानमन्त्री हुँदा उनले सिलिण्डर युगको अन्त्यको घोषणा गर्दै घरघरमा ग्यासका पाइप पु¥याउने बताएका थिए । तर, त्यसबारे सिन्कोसमेत नभाँचेको भन्दै ओलीको आलोचना हुने गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३