पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलिया प्रवेश गरे नगरेको विषयमा सुरक्षाकर्मी र पिएसओलाई सोध्न आग्रह गरेका छन् ।
बजेट निर्माणमा करको दर हेरफेर गर्न बिचौलियाका रुपमा अनधिकृत व्यक्ति प्रवेश र सीसीटीभी फुटेज डिलिट प्रकरणबारे छानबिन गर्न गठित संसदीय समितिमा बिहीबार बयानका लागि उपस्थित भएका शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप अस्वीकार गरे ।
‘बजेट निर्माणमा जो संलग्न हुनुपर्ने हो त्यो बाहेक कसैको प्रवेश भएको छैन’, शर्माले भने, ‘मेरो विश्वास नलागे सुरक्षाकर्मी र पिएसओलाई सोधे हुन्छ नि ।’
अर्को प्रसंगमा उनले सीसीटीभीमा भिडियो अभिलेख कति दिनसम्म रहन्छ भन्नेबारे आफूलाई जानकारी नहुने जवाफ दिए ।
‘म प्राविधिक होइन सीसीटीभीमा कति दिन भिडियो रहन्छ भन्नेबारे मलाई थाहा हुने कुरा भएन’, ‘यो विषयमा मलाई होइन, प्राविधिकलाई सोध्नुस् ।’
शर्माले कुनै अमुक व्यापारी पोस्न आफूले काम नगरेको दाबी गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३