नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा छलफल भइरहेको बताएका छन् । अध्यक्ष दाहालले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा समेत गरेका छन् ।
शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै उनले भनेका छन्, ‘जसपा रुपमा फुटिसकेको अवस्था छ । यस अवस्थामा बाबुराम जी, माधवकुमार नेपाल जी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ । अगाडि भने औचापरिक रुपमा कुनै टुंगोमा पुगेको छैन छिट्टै यस विषयमा निर्णय हुनेछ ।’
यसका साथै अध्यक्ष दाहालले वामपन्थी एकता लगायतको विषयमा गठबन्धन भित्र रहेका दलहरुसँग समेत छलफल भइरहेको पनि बताएका छन् । त्यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयालाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताए ।
उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताए । उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे ।
अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पारे । उनले तथ्यहीन र षड्यन्त्रमुलक प्रचारबाजीबाट सबै शतर्क हुन आवश्यक रहेको पनि बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३