नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवशको अवसरमा पुष्पलालको शालिकमा माल्यापर्ण गरेका छन् ।
पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउमा आइपुगेको भन्दै उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका हुन् ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।
‘पुष्पलालले निर्माण गरेको संगठन विभिन्न उतारचढाव हुदै गंगालालको विरासत, बलिदान, प्रजा परिषदको परिणाम, प्रजा परिषदले देखाएको चेतनाको झिल्को, १९९८ सालमा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुदै आज देशको सवैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सवैभन्दा सवल शक्ति पार्टी नेकपा एमाले भएको ओलीले बताए । पार्टीको अध्यक्षको हैसियतले पुष्पलाल र अरु सहिदहरुले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ओलीले पुष्पलालको जीवनको चर्चा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए ।
पुष्पलालको २०३५ सालमा भारत निर्वासनकै क्रममा विरामीपछि निधन भएको थियो । उनको शव तत्कालिन पञ्चायत शासकले नेपाल ल्याउन प्रतिवन्ध लगाएपछि भारतमै दाहसंस्कार गरिएको थियो ।
राणा विरोधी आन्दोलनमा शहीद भएका गङ्गालाल श्रेष्ठका माइला भाइ उनी दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा शाहीविरोधी आन्दोलनमा सक्रिय रहेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३