काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताएकी छिन् । काठमाडौंमा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा बोल्दै काठमाडौं महानगर उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।
कार्यक्रममा डंगोलले आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरुको भर पुर्न परेको विचार राखिन् । ‘हामी अरुले प्रमाणित गरेर अनुमोदन पनि गरिदियोस् भनेर कुरेर बस्छौं र परनिर्भरता बढेको छ । हामीसँग पहिल्यै प्रमाणित भइसकेको आदिवासी अभ्यासहरु छन्, त्यसलाई ब्रान्डिङ गरौं न’ डंगोलले भनिन् ।
कार्यक्रममा उपप्रमुख डंगोलले भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयलको औपचारिक शुभारम्भ गरेकी थिइन् । कार्यक्रममा कपालमा लगाउने तीन थरी तेल – नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तेलको शुभारम्भ गरिएको थियो । कपाललाई प्राकृतिक रुपमा कालो बनाउने तेल पनि योजनमा रहेको भएपनि यसको केही परिक्षण बाँकि भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने बारे प्रवन्ध निर्देशक उज्वल मानन्धरले जानकारी दिए ।
३३ थरीका विभिन्न प्राकृतिक जडिबुटिलगायतका वस्तुहरुको समिश्रणबाट यी तेल बनेको कम्पनीले जानकारी दिएको छ । तीन वर्षको अनुसन्धान र परिक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको प्रवन्ध निर्देशक मानन्धरले बताए ।
कपाल झर्ने, कपाल नउम्रिने र चायाँ लगायतका समस्यामा यस तेलको सफल परिक्षण भइसकेको र परिणाम पनि राम्रै पाएको मानन्धरको दावी रहेको छ । ‘यहि तेलबाट हामीले करीब एक महिना निःशुल्क शिविर चलायौं । कपाल नभएकाहरुको पनि कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको छ । कसैले पनि यसको बारे नराम्रो प्रतिक्रिया दिनुभएको छैन’ मानन्धरले भने ।
कपालको समस्यालाई लिएर आफैंले अनुमानको भरमा तेल प्रयोग नगर्न र विज्ञको सल्लाह अनुसार यचु तेल प्रयोग गर्न मानन्धरले अनुरोध पनि गरे । सहि ढङ्गले तेलको प्रयोग गरेमा कपाल सम्वन्धि समस्या ग्यारेन्टीका साथ समाधान हुने मानन्धरले दावी गरे ।
सोही कार्यक्रममा यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगीतका विजयी प्रतियोगी ३ जनालाई जनही १०÷१० हजार र एक मेगा विजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३