धर्मोदय सभाका उपाध्यक्ष पद्म ज्योतिबाट धर्मोदय सभाको कार्यालय तथा बिहार भवन निर्माणको लागि जग्गादान गरेका छन् । उनले पाटनको बालकुमारीमा रहेको ११ आना जग्गा दान गरेका हुन् ।
ज्योतिले शनिबार बुद्ध बिहार ,भृकुटी मण्डपमा आयोजित एक सभामा धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यलाई जग्गा धनी प्रमाण – पत्र हस्तातरण गरेका थिए ।
जग्गा धनी प्रमाण -पत्र हस्तातरण पछि उधोगपति पद्म ज्योति र मिरा ज्योतिलाई धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यबाट खादा ओढाई समान र अभिनन्दन गरिएको थियो भने अभिनन्दन पत्र धर्मोदय सभाका अध्यक्ष यज्ञमानपतिले हस्तातरण गरेका थिए । अभिनन्दन पत्र हस्तातरण पछि धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यबाट मिरा ज्योतिलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो।
धर्मोदय सभाका अध्यक्ष यजमानपतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मुख्य अथितिको रुपमा श्रद्धेय भिक्षु कोंदान्यबाट पनि ज्योति परिवारको प्रशंसा गर्दै आगामी दिनमा पनि बुद्ध धर्ममा यस्तै सहयोगको गर्नु हुने आशा व्यक्त गरे । कार्यक्रममा माननीय कृष्ण गोपाल श्रेष्ठले बुद्ध धर्ममा ज्योति परिवारमा भएको दानको उच कदर गर्दै समान व्यक्त गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७