पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताएका हुन् ।
उनले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे । उनले देशको आवश्यकता वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु भएपनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको बताए ।
उनले भने, ‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ । छलफल जारी छ । हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समुहहरु एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाउँ भन्नेखालका कुरा सोच्दैछौँ । सल्लाह गर्दैछौँ । आवश्यकताको दृष्टिले सबै वामपन्थीहरु एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । तर कतिपय समूह तयार नै छैन । आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमती हुनुपर्ने आवश्यकता छ ।’
त्यस्तै उनले तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भएपनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेको बताए । वाम एकताको सम्बन्धमा नेकपा (एमाले)सँग पनि कुराकानी चलेको भएपनि प्रभावकारी भने नभएको उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३