संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले जनता समाजवादी पार्टी नेपाल काठमाडौँ जिल्ला समन्वय समितिको कार्यालयको उद्घाटन गरेका छन् ।
काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मुख्य अथितिको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ रहेका थिए भने अतिथीका रुपमा पार्टीका केन्द्रिय सदस्य लाल बहादुर तामाङ्ग,आङ्गकाजी शेर्पा, मोहन बराईली, राजन केसि, पन्चलाल महर्जन,राधाकृष्ण महर्जन, लक्षमण हुमागाई, शोभा बज्राचार्य,अर्जुन लम्साल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पार्टी विधि – अनुशासन बिपरित छुट्टै भेला आयोजना गरि पार्टी माथि गदार गर्नेहरु कहिले उभो नलाग्ने बताए ।
बाबुराम भट्टराई समूह तिर इंगित गर्दै मन्त्री श्रेष्ठले गलत प्रवृतिका व्यक्ति तथा समूहहरु नयाँ बिकल्प निर्माण गर्छु भनेर हिडेनेहरु , आफु भित्रै अन्तरबिरोध गर्नेहरु पतनको बाटो तिरजाने दाबी गरे ।
यसैबीच आफ्नो मन्तव्य राखने क्रममा समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिले बाबुराम भट्टराईको समूह तिर व्यंग्य गर्दै कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएर लगेको बताए । अब कसिंगर बिनाको सफा र निश्चल ठाउँमा नयाँ अनि सशक्त संगठन बनाई पार्टीलाई अझ मजबुत बनाई आम जनताको माग र मुद्दा संबोधन हुनेगरी काम गरेर देखाउने उनले दाबी गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३