सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको वीरगंज भन्सार देखि ग्रामीण भेग नाकाहरुबाट खुल्लम-खुल्ला रुपले तस्करी भईरहेको छ।
नेपालको मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सार देखि ग्रामिण भेगका नाकाहरुबाट सिमानाकाको सुरक्षाको लागि स्थापन गरेको बिओपीहरुका इन्चार्जहरु नै तस्कर समूहहरूसंग रकमको प्रलोभनमा परेर संरक्षण गरेको कारणले भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध मालसामानहरु भित्राउने गरेका छन् ।
पर्साको वीरगंज भन्सार, छपकैया नाका, ड्राईपोर्ट, अमरपर्टी नाका, प्रसौनी नाका, सबैठवा नाका, भिस्वा नाका, मिर्जापुर नाका, स्वर्णपुर नाका र ठोरी लगाएत रहेका सिमानाकाहरुमा रहेका बिओपी इन्चार्जहरुको मिलोमतोमा दिन्हु करोडौं रुपैयाको राज्शव छलि गरि भारतबाट नेपाल र नेपालबाट भारत तर्फ अवैध सामानहरु भित्राईरहेका छन् ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले तस्करीमा कडाई गर्ने निर्देशन दिए पनि पर्सामा रहेका बिओपीका ईन्चार्जाहरुले केहि दिनमा उनीहरूको सरुवा हुनेभएकोले आफ्नो हाकिमको निर्देशन विपरीत विभिन्न नाकाहरुबाट ठुलो मात्रामा तस्करीको लाईन दिएको नाम उल्लेख नगर्ने शर्तमा एक सशस्त्र प्रहरीका अधिकारीले बताएका छन्।
त्यसै गरि सशस्त्र प्रहरी हेडक्वाटरले वीरगंज भन्सार, छपकैया, ड्राईपोर्ट, प्रसौनी, भिस्वा र भिखमपुरका लगाएतका बिओपी प्रमुखहरुलाई फिर्ता बोलाई उक्त बिओपीहरुमा नयाँ इन्चार्ज पठाएका छन्।
नयाँ आएका बिओपी प्रमुखहरुले केहिदिन सिमानाकाहरुमा कडाई गरे जस्तो गरे पनि हाल मोटो रकमको नजराना बुझि ठुलो मात्रामा तस्करीको लाईन सुचारु गराएको स्रोतको दाबी रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३