बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुटवल उपमहानगरपालिका-११ घर भई हाल काठमाडौं टोखा बस्ने ३४ वर्षीय कृष्ण बाहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ जेठ २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भएकोमा फरार रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला ठहर गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३