पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
यतिको नाइन एन एएनजी कलसाइनको जहाज शुक्रबार बिहान ८ बजेर ५४ मिनेटमा पोखराबाट काठमाण्डुका लागि उडेको थियो । उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि पाइलटले पोखरा विमानस्थलमै आपतकालीन अवतरण गराएका थिए ।
उडेको ६ मिनेटमा जहाज सुरक्षित अवरण भएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । जहाज उड्ने बित्तिकै पाइलटले बाँयाँ इन्जिनमा खराबी देखिएको जानकारी नियन्त्रण कक्षलाई दिएका थिए । सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३