अर्थमन्त्रीमा पुनः नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा फर्किने भएका छन् । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि पदबाट राजीनामा दिएका शर्मा फेरि अर्थमन्त्रीमा फर्किने भएका हुन् ।
माओवादी स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । शर्मा आजै अर्थमन्त्रीमा नियुक्त भई शपथ ग्रहण गर्ने सम्भावना रहेको स्रोतको भनाई छ ।
बजेटमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको आरोप लागेका तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथी छानविन गर्न बनेको संसदीय विशेष समितिले शर्मालाई ‘क्लिन चिट’ दिइसकेको छ । संसदीय विशेष समितिले ‘क्लिन चिट’ दिएपछि जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा दोहोरिने भएका हुन् ।
संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३