एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले निर्लज्ज भएर माओवादी नेता जनार्दन शर्मालाई अर्थमन्त्री बनाएको बताएका छन् ।
तुलसीलाल अमात्यको स्मृतिमा मंगलबार आयोजित कार्यक्रममा ओलीले शर्मालाई मन्त्री बनाउनु गठबन्धनको निर्लज्ज काम भएको बताए । शर्मा पुनः मन्त्री हुँदा गोरु पनि लजाएको उनको भनाइ थियो ।
सत्ता गठबन्धनले नेपाली जनतालाई हेपेर शर्मालाई मन्त्री बनाएको ओलीले उल्लेख गरे । ‘नेपाली जनताको विवेक र नैतिक धरातलमा कत्रो हमला ? कति धेरै अपमान ?’, ओलीले भने, ‘यो देखेर गोरु पनि लजायो होला ।’
ओलीले सत्ता गठबन्धनले शर्माबाहेक मन्त्री बनाउने अर्को मानिस नभेटेको टिप्पणी गरे । ‘गठबन्धनसँग मन्त्री बनाउने अर्को मान्छे नै रहनेछ’, उनले भने, ‘कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ?’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३