नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सीआईबीले काठमाडौंबाट बुधबार (आज) १:१० मा भारतको मुम्बई उड्न लागेका नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजबाट शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौंबाट मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।
श्रीमान–श्रीमतीका रूपमा पहिचान खुलेका उक्त ब्यक्तिहरु कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो ।
पक्राउ परेका ब्यक्तिहरुको नाम र ठेगाना भने उल्लेख गरिएको छैन । प्रवक्ता खड्काका अनुसार केही बेरमा जहाज उड्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३