चौतर्फी दबाबका बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने स्पष्ट गरेको छ ।
निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य घटाएर पठाएको भए पनि यथास्थितिमा मूल्य समायोजन गर्न असमर्थ रहेको जनाएको हो ।
निगमले लामो समयसम्म घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण तिर्न बाँकी रहेको विज्ञप्तिमा छ । आइओसीसँग तेल किन्दा बक्यौता रहेको २३ अर्ब रूपैयाँ बुझउन बाँकी रहेको प्रष्टीकरण निगमले दिएको छ ।
आइओसीको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा तथा डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ घाटा रहेको दाबी निगमको छ ।
घटेर आएको मूल्यमा इन्धन बिक्री गर्दासमेत निगमलाई मासिक १ अर्ब २७ करोड घाटा हुने दाबी गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३