नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरिएको छ । जहाजको एउटा इन्जिनमा धुवाँ देखिएको भन्दै उडेको केही मिनेटमै नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।
श्री एयरको ९ एन– एएनएफ जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको बताइएको छ । नेपालगन्ज विमानस्थलबाट १० माइल उडेपछि उक्त जहाज सोही विमानस्थलमा फर्काएर अवतरण गराइएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार जहाज र यात्रुहरु भने सकुशल छन् । फुल इमरर्जेन्सी व्यवस्था गरेर जहाजलाई सुरक्षित अवतरण गरिएको जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३