अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको विश्वभर रहेका नेवार समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेशन (डब्लुएनओ) को चौथो महाअधिवेशनले अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित भएका छन् ।
शुक्रबारबाट सुरु भइ आइतबार सम्पन्न चौथो महाअधिवेशनमा १० भन्दा बढी मुलुकबाट सयौंभन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । नेपालको समयअनुसार आइतबार राति नवनिर्वाचित अध्यक्ष संयुक्तलाई निवर्तमान अध्यक्ष सिजन श्रेष्ठले कार्यभार हस्तातरण गरे ।
डब्लुएनओको निर्वाचन समितिका प्रमुख शशि महाजुसहित सदस्यमा अमेरिकाका सरोज प्रजापति र नेपालका सिल्भिया राजोपाध्या सम्मिलित समितिले जुलाइ ३१ तारिखमा नयाँ कार्यसमितिको नाम निर्विरोध भएको घोषणा गरेको थियो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा समिर महर्जन, उपाध्यक्षमा रजनी प्रधान, सामन्त श्रीरत्न बज्राचार्य, कमल श्रेष्ठ, महासचिवमा शोभित शाक्य, कार्यकारीणी सदस्यमा नरेश शाक्य, रमेश मान मुनिकार, शैलेन्द्र मानन्धर, सुदय राज शिलाकार, सुरेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्रमान शाक्य, दीपेश शाक्य र दीपक डंगोल निर्वाचित भएका छन् ।
वरिष्ठ हांस्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न डब्लुएनओको महाअधिवेशनमा सांस्कृतिक र्याली, सांस्कृतिक कार्यक्रम, सोभेनिएर विमोचन अन्तर्क्रिया कार्यक्रम, नेवार समुदायको हकहितका बारे विभिन्न प्रवचनका कार्यक्रम भएको थियो । ११ वर्षअघि गठन भएको डब्लुएनओको अघिल्ला महाअधिवेशन बेलायत, बाल्टीमोर र नेपालमा भएको थियो ।
उक्त कार्यक्रममा न्यू योर्कमा रहेका नेवाः समूदायले पुर्याएको योगदानको कदर गर्दै मेयर एरिक एडम्सले हस्ताक्षर गरेको प्रसंसापत्र पनि कमिटीलाई प्रदान गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३