नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्पूर्ण सम्पति सरकारलाई दान गरिसकेकोले उपचार खर्च नभएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू दुवैको नाममा भएका सबै सम्पति दान दिइसकेको उल्लेख गरे ।
आफ्नो उपचारमा खर्च गर्नका लागि दान गरेको घरजग्गा बेच्न पनि नपाइने बताउदै उपचार खर्च नभएको अध्यक्ष ओलीले भनाइ छ ।
आफू सांसद भएकाले अलिअलि पैसा आएपनि त्यसले उपचारमा पर्याप्त नहुने उनले सुनाए ।
‘आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसक्यो । ‘तपाईंहरुले उपचार गर्दिनु भयो भने हुन्छ,’ उनले भने, ‘मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३