अमेरिकाको डि.सि. मेट्रो क्षेत्रमा ३० बर्ष अगाडी स्थापित नेपा: पासा पुच: अमेरिकाय्ले शनिबार, अगस्ट १३ का दिन सा पारु (गाई जात्रा) मनाएको छ। गत बर्ष निधन भएका परिवारजनको स्मृतिमा यस दिन बाल बालिकाहरुलाई गाई स्वरुपको टोपी लगाई वा कृष्ण वा सन्तको रुपमा नगर परिक्रमा गराईन्छ। नेपा: पासा पुच: अमेरिकाय्ले गत ई.सं. २०१६ मा नेपाल बाहिर पहिलो पटक सा पारु (गाई जात्रा) मनाएको थियो र निरन्तर मनाउंदै आईरहेको छ ।
यस संस्थाका अध्यक्ष मनोहर श्रेष्ठका अनुसार आजको यस कार्यक्रममा १० परिवारको सहभागीता रहेको थियो भने १५ जना साय: र ३ जना कृष्णको रुपमा बाल बालिकहरु सहभागी भएका थिए। यस कार्यक्रममा लगभग ३०० स्थानिय नेपाली तथा अमेरिकी मूलका जन समुदायको उपस्थिति थियो। सा पारु कार्यक्रमको समापन पछि पिकनिकको पनि आयोजना गरि अन्त्यमा बिभिन्न रोचक खेलहरु खेलाईएको थियो। कार्यक्रममा नि: शुल्क सहभागीता राखिएको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३