पर्साको सदरमुकाम वीरगंजवाट करिब १२ किलोमिटरको दुरीमा रहेको ग्रामीण भेगका नाका प्रसौनीवाट व्यापक रुपमा तस्करी भईरहेको छ।
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्रका प्रहरी बल बिओपी प्रसौनीको संरक्षणमा तस्करहरुले लाखौं रुपैयाँको राजश्व छलि भारतवाट नेपाल तर्फ रातभरी तस्कर लत्ताकपडा ,हाडयेवर , जुत्ता चप्पल , गाई-भैसी, कुखुराको चल्ला र नेपालवाट भारततर्फ कबाड, डाबरको पेस्ट र कास्मिटिक सामानहरुको तस्करी भईरहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानियले बताए ।
सशस्त्र प्रहरी बल बिओपी प्रसौनोको संरक्षणमा रातभरी खेतको बाटो प्रयोग गर्दै भित्राएका गाई-भैसीहरुले किसानले लगाएको धानबालिहरुको ठुलो मात्रामा क्षति भईरहेको प्रसौनी निवासी धुरेन्द्रले गुनासो पोखे ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति तेज पोखरेलले तस्करीमा कडाई गर्ने पटकपटक कडा निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत सशस्त्र प्रहरी बल बिओपी प्रसौनीका प्रमुख आएको दिन देखिनै पैसा असुलेर तस्करीलाई बाटो खुल्ला गरिदिएको नाम उल्लेख नगर्ने सर्तमा सशस्त्र प्रहरीका एक सिपाहीले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३