शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा खरिद-बिक्री भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७