कमेडियन अपूर्व क्षितिजविरुद्ध नेवाः समुदायका अभियान्ताहरुले प्रहरीमा जाहेरी दिएका छन् ।
क्षितिजले नेवाः समुदायलाई लिएर गरेको हाँस्य प्रस्तुतीबाट नेवा: समुदायको आस्था माथि ठेस पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ । यसै विषयलाई लिएर नेवाः देय् दबूलेसमेत वक्तव्य जारी गरेको छ ।
नेवा: अभियान्तालगायतको १ सय ३ जनाको टोली आज क्षितिजविरुद्ध प्रहरीमा जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका थिए । आज सार्वजनिक विदा भएका कारण जाहेरी दर्ता नहुने भनिए पनि नेवाः अभियान्ताहरुको माग अनुसार प्रहरीले जाहेरी दर्ता गरेको अभियान्ताहरुले जानकारी दिए ।
नेवाः समुदायको आस्था, बोलीचाली, रहनसहन र खानाका परिकारलाई लिएर गरिएको मजाकले नेवा समुदायलाई आघात पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ । २४ घण्टा भित्र क्षितिजलाई पक्राउ नगरे भोलि विरोध प्रदर्शन गर्ने तयारि रहेको अभियान्ताहरुले जानकारी दिए।
क्षितिजले ‘नेवारको परम्परा’ नामक स्ट्याण्ड अप कमेडी गरेका थिए । उक्त भिडियो ‘कमेडी क्याफे’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । उक्त भिडियोलाई लिएर विवाद उत्पन्न भएपश्चात भिडियो हटाइएको छ । सोही विषयलाई लिएर कमेडियन क्षितिजले पनि सामाजिक सञ्जाल मार्फत माफी मागेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३