नारायणगढ-मुग्लिन सडक खण्ड स्थित केराबारी भन्ने स्थानमा पहिरो जांँदा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ५ बजेर ५० मिनेटमा भरतपुर महानगर पालिका वडा नम्बर २९ केराबारीमा लेदोसहितको पहिरो जांँदा दुईतर्फी रुपमा सडक अवरुद्ध भएको हो ।
हाल उक्त स्थानमा अझै पानी परिरहेको र पहिरो झर्न नरोकिएकोले केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउने काम जारी राखिएको छ । केही दिन यता यो ठाउंँमा दिनुहुंँ पहिरो जांँदै आएको छ ।
काठमाडौं, पाेखरातर्फ यात्रा गर्दा वा भरतपुरतर्फ आउँदा सूचना लिएर मात्रै आउन प्रहरीको अनुराेध छ । सडक खुल्न अझै ४/५ घण्टा लाग्ने प्रहरीको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३