माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीच बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन् ।
सुदूरपीश्चमका पार्टी कार्यकर्ता प्रशिक्षणका लागि आएका प्रचण्डले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिट बाँडफाँटको अन्तिम तयारी भएको बताए ।
प्रचण्डले आजै साँझसम्ममा सिट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाउने जानकारी दिए । आफ्नो दलले प्रतिनिधिसभाको ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति हुने दाबी गरे । ‘हामीले भनेको ६० हो, ६० बाट केही तलमाथि होला’, उनले भने, ‘ त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ ।’
प्रचण्डले एक सय सिटमा दाबी गरेको काँग्रेसले ८० सिट आसपास पाउने बताए । ‘सुरुमा १ सय सिट भने पनि उहाँहरु ८० को वरिपरि आउने सम्भावना बढेको छ’, उनले भने । प्रचण्डले चुनावपछि पनि गठबन्धन अघि जाने उल्लेख गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३