नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीका तीन वटा फोटो स्टुडियोका सञ्चालकलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
मोरङ घर भई गौशाला बस्ने एभिआई फोटो स्टुडियोका चबुर लाल चौधरी, सिन्धुली घर भई बानेश्वर बस्ने एमए जनरल फोटो स्टुडियोकी सुमित्रा कोइराला र आरएन फोटो स्टुडियोकी फुल्हमु तामाङ पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनीहरूले स्टुडियोमा पाँच सयदेखि हजार रुपैयाँसम्म लिएर एसएलसी, प्लस टु, स्नातक तथा स्नातकोत्तरका शैक्षिक प्रमाणपत्र बनाउने गरेको आरोप छ ।
उनीहरूले विशेषगरी खाडी मुलुक जानेलाई प्रमाणपत्र बनाइदिने गरेको एसपी कोइरालाले बताए । त्यसबापत उनीहरूले पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको पनि एसपी कोइरालाले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३