ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर – ३ बाट नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । एमालेले अमृत खड्का, बाबुराम थापा र केशब आचार्यलाई ललितपुर ३ बाट सिफारिस गरेको हो ।
३ जना सिफारिसमा परेको भएपनि ललितपुर – ३ मा अमृत खड्का र बाबुराम थापाको नाम चर्चामा रहेको छ ।
पार्टीका अधिकांस नेता तथा कार्यकर्ताको रोजाइमा अमृत खड्का परेको भएपनि राजनितिक पहुँचका आधारमा थापाले टिकट हुत्याउने हुन् की भन्ने भय आम कार्यकर्तामा रहेको नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक नेताले बताए ।
थापा एमालेका उपमहासचिव विष्णु रिमालसँग राम्रो उठ्बस् भएका व्यक्तिको रुपमा चिनिन्छन् । उनै रिमालको कृपाले थापा केन्द्रिय कमिटी सदस्यमा पर्न सफल भएको नेकपा एमाले ललितपुरका नेताहरु बताउछन् ।
२०६४ सालमा ललितपुर जिल्ला खेलकुद विकाशका अध्यक्ष रहदा गरेको अनियमितताको दाग अझै आम जनताको मस्तिस्कमा रहेको भन्दै थापाले टिकट पाए निर्वाचनमा एमालेले जित्न मुस्किल हुने पनि ललितपुर एमालेका एक नेताले चिन्ता व्यक्त गरे ।
केही दिन अगाडि मात्र पार्टी कै युवाहरुले सामाजिक सञ्जालमार्फत गरेको सर्वेक्षणमा पनि ८० प्रतिशत भन्दा बढीको रोजाइमा अमृत खड्काको नाम चयनमा परेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७