कृषि विकास बैंक (एडीबीएल) को न्यूरोड शाखामा भएको चार करोड बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्ट र उनकी कथित प्रेमिका बैंककै कर्मचारी दीपिका रेग्मीलाई कैद सजाय सुनाइएको छ । विशेष अदालतले सोमबार पूर्वसहायक रथी विष्टलाई ४ वर्ष कैद सजाय र उनकी प्रेमिका भनिएकी बैंककै कर्मचारी रेग्मीलाई भने ८ वर्ष कैद सजाय सुनाएको हो ।
त्यस्तै, विशेष अदालतले विष्टलाई ३१ लाख ६८ हजार ६४४ रुपैयाँ कर्मचरी रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना पनि तोकेको छ । न्यायाधीशहरु खुसीप्रसाद थारु, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले विष्ट र रेग्मीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो ।
यस प्रकरणमा आरोपित बाँकी ६ जनाले भने सफाइ पाइसकेका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन्, भने उनले बैंकको पैसा व्यक्तिगत प्रयोजनमा खर्च गरेको पाइएको थियो । बैंकबाट उनले लिएको पैसामध्ये ३१ लाख ३८ हजार ८६४ रुपैयाँ पूर्वसहायक रथी विष्टको खातामा जम्मा गरेकी थिइन् ।
त्यसोत, यसअघि पाटन उच्च अदालतले पनि रेग्मीलाई ५ वर्ष कैद, बिगो र बिगो बराबर जरिवाना र विष्टलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३