वीर अस्पतालले चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौं महानगरपालिकामा बुझाउने बताएको छ ।
वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए वापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो ।
त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनु पूर्वकै व्यवस्था अनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको भन्दै चालु आर्थिक वर्षदेखिको घर बहाल कर भने महानगरलाई बुझाउने बताएको छ ।
अस्पतालले गत आर्थिक वर्षसम्मको सबै कर आन्तरिक राजश्व कार्यालयमा बुझाइसकेको बताएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७