भारतबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो ।
इण्डियल आयल कर्पाेरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा, डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा र हवाइ इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ ५० पैसाले घटेर आए छ । नयाँ मूल्य हेरफेर भएर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा देखिन्छ भने डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको पनि निगमले जनाएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य हेरफेर भएर आएपनि निगमले अझैँ मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य समायोजनबारे भने निगम सञ्चालक समिति बैठकले निर्णय गर्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३