नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दिप लामिछाने अझै सम्पर्कविहीन छन् ।
१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ म जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौं २३ मा क्यानले उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न सोही दिन प्रहरीलाई अनुमति दिएको थियो । त्यस दिन क्यानसँग उनी सम्पर्कमा आए । भोलिपल्ट सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानूनी लडाईं लड्न नेपाल फर्किने बताएका लामिछाने त्यसयता उक साता बितिसक्दा पनि सम्पर्कविहीन छन् ।
लामिछाने अहिले कहाँ छन् भन्नेमा नेपाल प्रहरी र क्यान पदाधिकारी नै अनभिज्ञ छन् । प्रहरीका निमित्त प्रवक्ता एसएपसी दानबहादुर कार्कीले लामिछाने नेपाल आइनसकेको बताए ।
आरोपित व्यक्ति नै नआएपछि नाबालिग किशोरीले दिएको जघन्य अपराधसम्बन्धी किटानी जाहेरीको अनुसन्धान प्रभावित भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३