नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौँ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा चुनाव लड्ने भएका छन् ।
घिसिङ नेकपा माओवादीका तर्फबाट काठमाडौँ–३ मा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने अन्तिम तयारीमा छन् । माओवादी उच्च श्रोतका अनुसार घिसिङले अबको केही दिनमा कार्यकारी निर्देशकबाट राजीनामा दिने छन् ।
घिसिङकै लागि गठबन्धन आवद्ध अन्य दलसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ–३ मागेका छन् । घिसिङले काठमाडौँबाट भन्दा गृहजिल्ला रामेछापबाट चुनाव लड्ने रुची देखाएका थिए । तर, रामेछापमा नेता व्यवस्थापन जटिल हुने भएपछि माओवादीले काठमाडौँ–३ बाट उम्मेदवार बनाउने भएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड दोश्रो कार्यकालमा प्रधानमन्त्री भएका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । प्रचण्डको दबाब र तत्कालीन ऊर्जमन्त्री वर्षमान पुनको प्रयासका बाबजुद एमाले अध्यक्ष केपी ओलीले कार्यकाल थप्न अस्वीकार गरेका थिए ।
ओली सरकारले कार्यकाल नथपेपछि घर गएका घिसिङ वर्तमान गठबन्धन सरकार बनेपछि फेरि माओवादी पहलमै प्राधिकरण फर्किएका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३