एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको आलोचना गरेको भन्दै सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका छन् । बिहीबार च्यासलस्थित पार्टी कार्यालय आयोजित कार्यक्रममा ओलीले राष्ट्रपतिको अपमान नगर्न चेतावनी दिए । राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको टिप्पणी उनको थियो ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेकामा ओलीले समर्थन जनाए । अहंकारी गठबन्धनले राष्ट्रपतिलाई धेयकबारे कुनै जानकारी नगराएको उनको भनाइ थियो ।
ओलीले वर्तमान सरकार तानशाही बाटोतर्फ अघि बढेको आरोप लगाए । संविधान र कानुनको पालना नगरेर बुद्धिको होइन मसलका कुरा गरेर यो गठबन्धन तानाशाही बाटोतर्फ अघि बढेको छ,’ उनले भने । ओलीले निर्वाचनबाट जितेर एमालेले सरकारको नेतृत्व गर्ने दाबी पनि गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३