मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नंको ट्रकमुनि खेल्दै छिरेका एक १७ महिनाको बालकको सोही ट्रकले किच्दा आज मृत्यु भएको छ ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको १७ महिनाको छोरा सलिन श्रेष्ठ खेल्दै गाडीमुनि छिरेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर गम्भीर घाइते भई उपचारका लागि समिट अस्पताल लोकन्थली लगेपछि मृत्यु भएको अस्पतालले जनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका–३ घर भई हाल काठमाडौं मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्तथिमिले पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७