सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार भने नछाड्ने भएको छ ।
जसपाबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता नहुने जसपा प्रवक्ता मनिषकुमार सुमनले बताए । निर्वाचन आउन अब ५० दिन मात्र बाँकी रहेकाले सरकारबाट आफ्नो दल फिर्ता नहुने उनको भनाइ थियो ।
चुनावी सरकार छाडेर आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई अप्ठेरो नपर्ने भन्दै देउवाले पनि आफूहरुलाई अप्ठेरोमा नपर्ने उल्लेख गरे । ‘यो चुनावी सरकार हो । दैनन्दिनको कामचलाउ हैसियतमा सरकार छ’, सुमनले भने, ‘सरकारमा सहभागी हाम्रा साथीहरु सामेल नै भइरहनुहुन्छ ।’
यसअघि ०७४ को निर्वाचनअघि माओवादी केन्द्र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा थियो । तर, एमालेसँग वाम गठबन्धनको सहमति भएपछि माओवादी मन्त्रीहरुले सरकार छाडेका थिए ।
आफूले मागेजति सिट नदिएको भन्दै जसपाले बिहीबार सत्ता गठबन्धनको बैठक बहिस्कार गरेको थियो । जसपा र एमालेबीच शनिबार चुनावी गठबन्धन गर्ने सहमति भएको छ । जसपाबाट सरकारमा मोहम्मद ईस्तियाक राई, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव र मृगेन्द्र कुमारसिंह यादव मन्त्री छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३