अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आएपछि नेपाल आयल निगमले डेढ वर्षपछि नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा कमाएको छ ।
आइओसीले दशैं अघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ । यो निगमको मासिक नाफा मात्रै भएको निगमका वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए। डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिंदा निगमले ५५ अर्ब गुमाएको थियो ।
निगमको अहिले ४० अर्ब ऋण रहेको छ । ४० अर्ब मध्ये करिब २५ अर्ब आइओसी, १० अर्ब वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो । मंसिरमा निर्वाचन समेत घोषणा भएकाले सरकारले पनि तेलको मूल्य घटाएर राजनीतिक लाभ लिन खोजिरहेको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँस आयातमा १७ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब ४ करोड ४३ लाख मूल्यको २ लाख २७ हजार ५ सय ३६ किलोलिटर इन्धन आयात भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३