संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले काठमाडौं – ८ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट श्रेष्ठले समर्थकका विशाल उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री श्रेष्ठले आफ्नो जित सुनिश्चित भएको बिश्वाश ब्यक्त गरे।
राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी सम्हालेका श्रेष्ठ हाल नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहेका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ सोही निर्वाचन क्षेत्रबाट निर्वाचित साम्सद हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३