नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भएको दुई दिने एन्टि डोपिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यसपल्ट एन्टी डोपिङको परिक्षण हुनेछ ।
प्रशिक्षण कार्यक्रममा सातै प्रदेशका सेना, प्रहरी तथा एपीएफका ३० जनाको सहभागिता रहेको थियो । त्यसमा चिकित्सक र नर्सले भाग लिएका थिए । वडा तथा एएस राडोका इन्स्ट्रक्टर तथा ट्रेनर निमा ग्याल्सेनद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदैछ ।
कार्यक्रमका अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालमा एन्टी डोपिङ परिक्षणका लागि दक्ष जनशक्तिको अभाव रहेको बताउदै यस प्रशिक्षणले त्यसको पूर्ति हुन मदत पुग्ने बताए । उनले नेपाली खेलकुदमा ‘क्लिन स्पोर्टस’ मा जोडदिदै अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा एन्टी डोपिङ परिक्षण हुने हुँदा त्यसमा सजग हुन आवश्यक रहेको बताए ।
नवौं राष्ट्रिय खेलकुदका लागि चिकित्सक नविशमान सिंह प्रधानको अध्यक्षमा एन्टी डोपिङ कमिटी समेत गठन गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३